
शान्तिनगर, साउन १० । झापाको शन्तिनगरमा जङगली हात्तीको बथानले दुईओटा घर भत्काउनुका साथै एउटा विद्यालयमा समान्य क्षति पुर्याएको छ ।मंगलबार राति १२ बजे शान्तिनगर–७ चुल्ठेमा ५०/६० ओटाको संख्यामा आएका जङगली हात्तीको बथानले स्थानीय रामबहादुर पुलामीको भान्साघर भत्काएको छ भने सोही ठाउाका तिलक मुखियाको घर भत्काएको छ । स्थानीय शिव मुखियाका अनुसार हात्तीले दुई ओटा घरमा ५० हजार भन्दा बढीको क्षति पुर्याएको छ भने अन्नपात खाएर नष्ट गरेको छ । त्यस्तै हात्तीले शान्तिनगर–
५ मा रहेको गढीगाउा उच्च माविको पर्खाल भत्काएको छ । हात्तीलाई स्थानीयबासी, प्रहरी र वन कर्मचारीको टोलीले जङ्गल तर्फ धपाए पनि हात्ती गाउा नजिकैको बाासघारीमा बसेको बताइएको...