Friday, August 24, 2012

शान्तिनगर मा हात्तीले पाऱ्यो हैरान

 
 
शान्तिनगर, साउन १० । झापाको शन्तिनगरमा जङगली हात्तीको बथानले दुईओटा घर भत्काउनुका साथै एउटा विद्यालयमा समान्य क्षति पुर्‍याएको छ ।
मंगलबार राति १२ बजे शान्तिनगर–७ चुल्ठेमा ५०/६० ओटाको संख्यामा आएका जङगली हात्तीको बथानले स्थानीय रामबहादुर पुलामीको भान्साघर भत्काएको छ भने सोही ठाउाका तिलक मुखियाको घर भत्काएको छ । स्थानीय शिव मुखियाका अनुसार हात्तीले दुई ओटा घरमा ५० हजार भन्दा बढीको क्षति पुर्‍याएको छ भने अन्नपात खाएर नष्ट गरेको छ । त्यस्तै हात्तीले शान्तिनगर–
५ मा रहेको गढीगाउा उच्च माविको पर्खाल भत्काएको छ । हात्तीलाई स्थानीयबासी, प्रहरी र वन कर्मचारीको टोलीले जङ्गल तर्फ धपाए पनि हात्ती गाउा नजिकैको बाासघारीमा बसेको बताइएको छ ।
जिल्ला वन कार्यालय झापाका अधीकृत विष्णुप्रसाद भण्डारीले ७/८ वटाको संख्यामा गाउा पसेको हात्तीले दुईवटा कच्ची घरमा पूर्णरुपमा क्षति पुर्‍याउनुका साथै अर्को १ घरमा समेत आंशिक क्षति पुर्‍याएको जानकारी दिनुभयो । उहााका अनुसार हात्तीको समूहले मकै लगायतका अन्नवाली समेत खाादा झन्डै १ लाख रुपैयााको क्षति भएको छ । अहिले वाहुनगााडीस्थित वहुवन सामुदायिक वनमा समेत ३५/४० वटाको संख्यामा जंगली हात्ती रहेको भण्डारीले जानकारी दिनुभयो । दिनहुा जसो जङ्गली हात्ती आउन थालेपछि स्थानीयबासी आतंकित बनेका छन् ।
 
Purwanchal Daily (Wednesday, 25 July 2012)

0 comments:

Post a Comment